ANFA उपाधि नजिक वार्ड नम्बर ६
गोलनेपाल

दुहबी । रोमाञ्चक जितका साथ वार्ड नम्बर ६ यहाँ जारी छैठौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलतर्फ वार्ड नम्बर ६ ले वार्ड नम्बर ७ लाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । वार्ड नम्बर ६ को जितमा आशिष कुमार साह र बसन्त माझीले गोल गरे । पराजित वार्ड नम्बर ७ का लागि ओम प्रकाश चौधरीले एक मात्र गोल फर्काए ।

खेलमा वार्ड नम्बर ६ का जितेन्द्र मण्डल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १७ गते सोमबारको दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर १० र ८ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७२,२२२ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments