ANFA सारस्वरनाथ गोल्डकप बैशाख २२ देखि
गोलनेपाल

सिराहा । सिराहा नगरपालिका वडा नम्बर १२ को कार्यालयको आयोजनामा यही बैशाख २२ गतेदेखि सारस्वरनाथ गोल्डकप प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सिराहा नगरपालिका–१२ स्थित सारस्वरनाथ माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा बैशाख २२ गतेका दिन एभरेष्ट फुटबल एकेडेमी, सर्लाही र नमो बुद्ध युथ क्लब, सप्तरी भिड्ने खेलतालिकामा उल्लेख छ ।

माँ भगवती युवा क्लब, सारस्वरको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेता, उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । कुल ८ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।

Post Comments