News पुलिस बिरगंज गोल्डकपको फाइनलमा
गोलनेपाल

बिरगंज । विभागीय टोली नेपाल पुलिस फुटबल क्लब यहाँ जारी प्रथम बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार आदर्शनगर रंगशालामा भएको पहिलो सेमिफाइनलमा पुलिसले आयोजक भेट्रान सिटी क्लब, बिरगंजलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

खेलमा पुलिसका गोलरक्षक शत्रुधन चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक २३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ ।

भेट्रान सिटी क्लब, बिरगंजको आयोजना तथा बिरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments