ANFA
तेस्रो मोतिपुर फुलबारी कप मंसिर ८ गतेदेखि

वाणगंगा । मोतिपुर प्रगतिशील युवा क्लब, वाणगंगा–७, मोतिपुर, कपिलवस्तुको आयोजनामा आउँदो मंसिर ८ गतेदेखि तेस्रो मोतिपुर फुलबारी कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
वाणगंगा–७, मोतिपुर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको मंसिर ६ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६००० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यसबाहेक व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै