
च्याङग्रे । मंगलबारदेखि शुरु भएको दोस्रो पौवादसङमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आम्तेक–११ एफसीले विजयी शुरुवात गरेको छ ।
भोजपुरको च्याङग्रे स्थित पौवादुङमा रंगशालामा भएको उद्घाटन खेलमा आम्तेकले आयोजक पौवादुङमा खेलकुद विकास समिति –ए) लाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
आम्तेकको जितमा दुवै गोल सन्तोष तामाङले गरे । पराजित पौवादुङमाका लागि भने आसाहाङ राईले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । खेलमा दुई गोल गरेका आम्तेकका सन्तोष तामाङ म्यान अफ दि म्याच घोषित भए ।
यो जितसँगै आम्तेक प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ २ गते बुधबारदेखि दैनिक दुई खेलहरु हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका प्रथम मुख्यमन्त्री शेरधन राईले गरेका थिए । सो अवसरमा विशिष्ठ अतिथी पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राई, आयोजक गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमाका अध्यक्ष चोल प्रसाद आले लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त