
दियोबजार । आयोजक हिमालय फुटबल क्लब, दियोबजार जारी १६औं कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा हिमालयले इभोलुशन क्लब अफ बुटवल, तामनगरलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।
हिमालयको जितमा बिनय गायक, विश्व थापा र बसन्त थापाले गोल गरे । खेलको म्यान अफ दि म्याच हिमालय कै गोलकर्ता बिनय गायक घोषित भए ।
प्रतियोगिता अन्तर्गत फागुन ७ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र चाँदनी युवा क्लब, दानापुरबीच हुने खेल संयोजक संजय विश्वकर्माले जानकारी दिए ।
हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न