धरान । केही वर्ष गोलनेपालमा आवद्ध भएर नेपाली फुटबलमा सक्रिय भई लागेका पूर्व खेलाडी तथा गोलनेपालकर्मी सौगात थापाको यही साउन १० गते उपचारका क्रममा २५ वर्षको अल्पायु मै निधन भएको छ ।
धरान, सुनसरी स्थायी घर भएका सौगात पछिल्लो केही वर्ष यतादेखि कोशी प्रदेश प्रहरी तालिम केन्द्र, बिराटनगरमा प्रहरी जवानका रुपमा कार्यरत थिए । ड्युटी मै खटिएका बेला दुर्घट्नामा परेका सौगातको उपचारका क्रममा निधन भएको हो ।
प्रहरीमा जागिर खानु अघि उनी स्थानीय फुटबलमा खेलाडीका रुपमा सक्रिय थिए । खेलाडीसँगै गोलनेपालमा आवद्ध भई केही वर्ष फुटबल संचारकर्मीका रुपमा समेत काम गरेका सौगात सबैसँग घुलमिल हुने खालका मिलनसार सहकर्मी पनि थिए ।
उनको निधनप्रति गोलनेपाल परिवार पनि स्तब्ध बनेको छ । साथै यो दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने क्षमता मिलोस भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)