Gorkhalis Abroad नोवा आरसिएसएफसी कप वैशाख अन्तिम साता
गोलनेपाल

काठमाडौं । अष्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेका नेपालीहरुबीच यहि वैशाख अन्तिमतिर नोवा आरसिएसएफसी कप एक दिने नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

ब्रिसबेन स्थित इगल्स स्पोर्टस कम्प्लेक्समा यहि वैशाख २५ (मई ८ तारी) का दिन हुने प्रतियोगितामा क्वीन्सल्याण्डका कुल १३ टोलीहरुले सहभागिता रहने आयोजक नोवा आरसिएसले जनाएको छ ।

नोवा एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज, ब्रीसबेन अष्ट्रेलियाको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित २५ सय अष्ट्रेलियन डलर हात पार्नेछ भने उपविजेताले १ हजार अष्ट्रेलियन डलर र ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।

Post Comments