
काठमाडौं । यसै सिजन पेर्सिक केडिरी एफसीमा आवद्ध भएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको टोली प्रतिष्ठित इण्डोनेसिया प्रेसिडेन्ट कपको समूह चरणबाटै बाहिरिएको छ ।
समूह डी मा रहेको पेर्सिकले महत्वपूर्ण मानिएको अन्तिम खेलमा पिएसएमसँग गोलरहित बराबरी खेल्दै बाँड्यो । पिएसएम र पेर्सिकको ३ खेलहरुबाट समान ४–४ अंक भए तापनि हेड टु हेडका आधारमा पिएसम दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।
पिएसम विरुद्ध रोहितले पहिलो रोजाई मै रहेर टोलीका लागि खेले तापनि पेर्सिकलाई महत्वपूर्ण सफलता दिलाउन सकेनन् । समूह चरणतर्फ पेर्सिकले पेर्सिकाबोलाई १–० ले हराएको थियो भने एरेमासँग समान अन्तरले पराजित भएको थियो । उता पिएसएमले एरेमालाई हराएको थियो भने पेर्सिकाबोसँग समान अन्तरले पराजित भएको थियो ।
समूह डी मै रहेको साविक विजेता एरेमाले अन्तिम खेलमा पेर्सिकाबोलाई १–० ले हराउनु पनि पेर्सिकका लागि महँगो साबित भईदियो । यो जितसँगै ६ अंक जोडेको एरेमा समूह विजेताका रुपमा नकआउट चरणमा पुग्यो । ३ अंक जोडेको पेर्सिकाबो पनि समूह डी को पुछारमा रहेर समूह चरणबाटै बोहिरियो ।
Klasemen akhir Grup D memastikan Arema FC sebagai juara grup lolos ke fase selanjutnya.#PialaPresiden2022 pic.twitter.com/tTgbPIC6wH
— Piala Presiden (@piala__presiden) June 19, 2022
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय