
काठमाडौं । सिकागोल्याण्ड थारु सोसाईटी, सिकागो, अमेरिकाको आयोजनामा त्यहाँ रहेका आप्रवासी नेपालीहरुबीच सिटीएसए च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ ।
आउँदो अगस्त १३ र १४ तारीखका दिन हुन गईरहेको प्रतियोगिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । विल्सन एभ सकर टर्फ फिल्ड तथा फोस्टर एभेन्यु सकर टर्फ फिल्डमा हुने प्रतियोगितामा बढीमा ८ टोलीहरुलाई सहभागि गराइने आयोजकले जानकारी दियो ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागिता जनाउने इच्छुक टोलीहरुका लागि टिम दर्ता शुल्क ३५० अमेरिकी डलर तोकिएको छ । साथै टिम दर्ता गर्ने अन्तिम मिति यहि जुलाई २७ तारीखसम्म तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित २५२५ अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले १७१७ अमेरिकी डलरसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
भेट्रान्सतर्फ पनि फुटबल प्रतियोगिता हुने
त्यस्तै आयोजकले भेट्रान्सतर्फ पनि फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । यद्यपि भेट्रान्सतर्फ टिमदर्ता निःशुल्क गरिएको छ । विजेता र उपविजेता टोलीले ट्रफी र मेडल मात्र प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार भेट्रान्सतर्फ आमन्त्रित गरिएका केवल दुई टोलीहरुको मात्र सहभागिता रहनेछ । प्रतियोगितामा नेपाली मूलका नेपाली भाषीहरुले पनि सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय