
काठमाडौं । यस सिजन इण्डोनेसियन शिर्ष लिगमा पेर्सिक केडिरीमा आवद्ध भएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको नयाँ सिजनको यात्रा सुखद भने बन्न सकेको छैन ।
उनको टोली केडिरीले यस सिजन लिगमा हालसम्म खेलेको चार मध्ये १ मा बराबरी र तीन खेलमा हार बेहोरेका छन् । गत शनिबार मदुरा युनाइटेडसँग १–० ले पराजित केडिरीले शुक्रबार लगातार दोस्रो हारको सामना गरेको छ ।
लगातार दोस्रो हार बेहोर्ने क्रममा केडिरीले बोर्नियोसँग २–१ ले निराश बन्न पुग्यो । खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा केडिरी पराजित हुन पुग्यो ।
खेलको ६४औं मिनटमा युसुफ मिलानाको गोलबाट केडिरीले खेलमा अग्रता बनाएको थियो । तर बोर्नियोका लागि ६६ र ७७औं मिनटमा म्याथ्युज पाटोले लगातार दुई गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।
यो नतिजापछि ४ खेलबाट १ अंक मात्र जोडेको केडिरी लिगतालिकाको १६औं स्थानमा संघर्षरत छ । उता बोर्नियो भने ९ अंकका साथ दोस्रो स्थानमा छ । केडिरीले आफ्नो आगामी खेल बिहीबार पिएसआइएस सेमाराङसँग खेल्नेछ ।
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने