
काठमाडौं । नेपाली नयाँ वर्ष २०८० तथा मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईद अल पित्रको अवसर पारी साउदी अरबमा रहेका नेपालीहरुबीच दमाम भेट्रान गोल्डकप हुने भएको छ ।
दमाम भेट्रान फुटबल क्लब, साउदी अरबको आयोजनामा आउँदो अप्रिल २१ र २२ तारीखका दिन हुने दुई दिने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । र दर्ता शुल्क ७ सय साउदी रियाल तोकिएको छ ।
अजिजिया अल खोबार स्थित अल थुक्बा क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१५१ साउदी रियाल हात पार्नेछ भने उपविजेताले २५२५ साउदी रियालसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)