ANFA सहज जितका साथ आयोजक टोली क्वाटरफाइनमा
गोलनेपाल

चितवन । आयोजक भरतपुर १८ सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्ड कप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । आज (आइतबार) भएको खेलमा श्री नयाँ सबुज गण भरतपुरविरुद्ध ३-० को जित निकाल्दै भरतपुर १८ ले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

भरतपुर १८ को जितमा सुधिर पास्वान, सुरेश बानियाँ र वसन्त कुमालले गोल गरे । पहिलो हाफको १९ औं मिनेटमा सुधिरको पेनाल्टी गोलमा भरतपुर १८ ले अग्रता लियो ।

दोसो हाफमा भरतपुर १८ ले २ गोल थप्यो । अतिरिक्त समयको पहिलो मिनेटमा सुरेश र पाचौं मिनेटमा बसन्तले गोल गरेपछि भरतपुर १८ ले ३-० को सहज जित निकाल्यो । बसन्त म्यान अफ दि म्याच भए ।

भरतपुर १८ अब क्वाटरफाइनलमा अभिषेक चर्च रजहर्को सामना गर्नेछ । अभिषेक चर्च बाइ पाउँँदै सिधै क्वाटरफाइनमा प्रवेश गरिसकेको छ । खेलकुद बिकास समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा जारी गोल्डकपमा सोमबार हर्दी युवा समाज र रामपुर फुटबल क्लब रड्स भिड्नेछन् ।

बैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख २२ हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्ताले जनही पाँच-पाँच हजार तथा म्यान अफ दि म्याचले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका खेलहरु गोलनेपालबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

Post Comments