ANFA राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
गोलनेपाल

धनकुटा । राष्ट्रिय जागृति क्लब, इटहरी यहाँ जारी १६औं शहिद भिमनारायण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा राष्ट्रिय जागृतिले बुटवल लुम्बिनी एफसी, बुटवललाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि टुंडिखेल मैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ राष्ट्रिय जागृतिका लागि उमेश राईले गोल गरेका थिए भने बुटवल लुम्बिनीका लागि बिबेक गुरुङ्गले गोल गरेका थिए । टाईब्रेकरमा भने राष्ट्रिय जागृतिले बुटवल लुम्बिनीमाथि ५–४ को जित निकाल्यो ।

खेलमा राष्ट्रिय जागृतिका उमेश राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २६ गते बुधबारको चौथो क्वाटरफाइनल खेल आयोजक भिमनारायण स्मृति प्रतिष्ठान धनकुटा र सलहेश युवा क्लब, सिराहा बीच हुने आयोजकले जानकारी दियो ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २९ गतेका दिन हुनेछ ।

Post Comments