ANFA आदर्श युवा क्लब तेस्रो इभोलुशन कपको क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । प्रभावशाली जितका साथ आदर्श युवा क्लब रुपन्देहीमा जारी तेस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आदर्शले प्रिक्वाटरफाइनलतर्फ सतगढी युवा क्लबलाई ४–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । आदर्शको जितमा सागर थापा, दिपेश थापा, बिक्की थापा र भुपेन थापाले गोल गरे । पराजित सतगढीका लागि सागर थापाले एक गोल फर्काएका थिए ।

खेलमा आदर्शका कप्तान तथा गोलरक्षक डेविड थापा मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २१ गते आइतबारको प्रिक्वाटरफाइनल खेल योङ ब्वाईज क्लब र लखन ब्रदर्श क्लबबीच हुने आयोजकले जानकारी दियो ।

इभोलुशन क्लब अफ बुटवल, तामनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।

 

Post Comments