News
नेपालले फेरि बंगलादेशसँग खेल्ने पक्का
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले फेरि बंगलादेशससँग फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ । नेपाल र बंगलादेशबीच आउँदो नोभेम्बर १३ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने तय भएको हो ।
बंगलादेश फुटबल फेडरेशनका अनुसार बंगलादेशले यसअघि अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भनिए तापनि उक्त खेल स्थगित भएपछि नेपालसँग खेल्ने निर्णय गरेको हो ।
स्मरण रहोस, नेपाल र बंगलादेशबीच गत सेप्टेम्बरमा पनि मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । सेप्टेम्बर ६ तारीखका दिन काठमाडौंमा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो भने ९ सेप्टेम्बरका दिन हुने भनिएको दोस्रो खेल जेन्जी आन्दोलनका कारण स्थगित गरिएको थियो ।
Post Comments