सुन्दरहरैचा । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाइनल खेलमा गछिया युवा समाजलाइ १:० गोलले हराउदै राष्ट्रिय जागृति क्लब इटहरी फाइनलमा प्रवेश गरेको छ ।
इटहरीको लागि पहिलो हाफमा बिदेशि खेलाडी एलेक्सले गरेको गोल निर्णयक गोल बन्नु पुग्यो । निर्णायक गोलकर्ता एलेक्स नै प्लेयर अफ दि म्याच बने ।
अब मंसिर २२ गते हुने फाइनलमा उपाधिको लागि रास्टिय जागृतिले गाइघाट युनाइटेड उदयपुरसग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
साथै, सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ । दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताउनु भयो ।