News आयोजक महुली सेमिफाइनलमा प्रवेश
गोलनेपाल

महुली । आयोजक महुली फुटबल क्लब, महुली, सप्तरी घरेलु मैदानमा जारी दोस्रो महुली गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ महुलीले डि.डि.वाई.सी., बेलटार, उदयपुरलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा महुली ५–४ ले विजयी बन्यो । खेलमा महुलीका गोलरक्षक सन्दिप भट्टराई म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ १९ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल गोलबजार स्पोर्टस क्लब, गोलबजार, सिरहा र ब्रदर्श युथ क्लब, दुधौली, सिन्धुलीबीच हुने आयोजकले जानकारी दियो । 

महुली फुटबल क्लब, महुली, सप्तरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ २४ गतेका दिन हुनेछ ।

Post Comments