News
फराकिलो हारसँगै नेपालको चुनौति समाप्त

काठमाडौं । लगातार दुई हारसँगै नेपालको जारी एएफसी यु–२३ एसियन कप छनौटको यात्रा समाप्त भएको छ । समुह चरणतर्फ बिहीबार महत्वपूर्ण मानिएको खेलमा घरेलु टोली ताजिकिस्तानसँग ६–० को फराकिलो हार बेहोरेपछि नेपालको चुनौति समाप्त भएको हो ।
स्मरण रहोस, छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा इरानसँग ४–० को हार बेहोरेको थियो । बिहीबार नै भएको समुह बी तर्फको अर्को खेलमा इरानले लेबनानलाई २–० ले हरायो । लेबनानले पनि आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग १–० को हार बेहोरेको थियो ।
लगातार दुई हारसँगै नेपाल र लेबनान प्रतियोगिताबाट बाहिरिएका छन् । र समूह चरणको अन्तिम खेलमा अक्टुबर ३१ तारीखका दिन यी दुई टोली नै आमने सामने हुनेछन् । जुन खेल दुवै टोलीका लागि प्रतिष्ठाको भिडन्त हुनेछ । त्यस्तै सोही दिन इरान र ताजिकिस्तान पनि भिड्ने छन् ।
Post Comments
Related News
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने