काठमाडौं । श्रीलंकामा हुन गईरहेको साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली यु–१७ राष्ट्रिय फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २४ सदस्यीय राष्ट्रिय यु–१७ टोलीको फाइनल स्क्वाड घोषणा गरेका हुन् ।
स्मरण रहोस, नेपालले यहि भाद्र २० गतेदेखि श्रीलंकामा हुन गईरहेको साफ यु–१७ च्याम्पियनसिप खेल्दैछ । प्रतियोगिता अन्तरगत समूह बी मा परेको नेपालले भारत र भुटानसँग प्रतिस्पर्धा गर्नेछ । साथै नेपाली टोलीले आगामी वर्ष हुने एएफसी यु–१७ एसियन कप छनौट प्रतियोगिता खेल्ने कार्यक्रम पनि छ ।
यस्तो छ नेपाली यु–१७ स्क्वाडः
गोलकिपर्सः कृशल मोक्तान, समिर चन्द, रुबिन बोगटी
डिफेन्डर्सः आस्विन घोरासाइनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, बिक्रम तामाङ, प्रितम कार्की, धिरज विश्वकर्मा
मिडफिल्डर्सः प्रशान्त लक्सम, मिराक लिङदेन, सरोज दर्लामी, हरिष राज भट्ट, लक्षु थापा
फरवार्डसः निरज कार्की, धन सिंह बिक, बिनोद केसी, समिर तामाङ, सिजल राई, सुवास बम
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान