News बी डिभिजन र महिला लिगबारे निर्णय गर्न पौष अन्तिम साता बैठक बस्दै एन्फा
गोलनेपाल

काठमाडौं । शहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता तथा राष्ट्रिय महिला लिगको दोस्रो चरण आयोजना गर्नेबारे अखिल नेपाल फुटबल संघ र सम्बन्धित क्लबका पदाधिकारीहरु बीच क्रमशः पौष २६ र २७ गतेका दिन बैठक बस्ने भएको छ ।

दिनको १ बजेदेखि एन्फा कम्प्लेक्समा बस्ने बैठकबारे जानकारी गराउन सम्बन्धित क्लबहरुलाई पत्राचार समेत गरिएको एन्फाले जनाएको छ । बैठकमा लिग आयोजनाबारे विस्तृत रुपमा निष्कर्शसहितको छलफल हुने अनुमान गरिएको छ ।

स्मरण रहोस, गत वर्षको चैत्र १० देखि ३० गतेसम्म महिला लिगको पहिलो चरणको खेलहरु चितवनमा सम्पन्न भएको थियो । पहिलो चरणको लिग समापन हुँदासम्म साविक विजेता एपिएफ क्लब २१ अंकका साथ शिर्ष स्थानमा छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब रहेका छन् ।

Post Comments