News
समापनको संघारमा लिगले पायो मुख्य प्रायोजक

काठमाडौं । घरेलु फुटबलको मेरुदण्डका रुपमा रहेको शहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलहरु मात्र बाँकी रहँदा प्रतियोगिताको मुख्य प्रायोजकको टुंगो लागेको छ । लिगको यसअघि पनि मुख्य प्रायोजक रहेको कतार एयरवेजले समापनको संघारमा फेरि प्रायोजन गरेको हो ।
स्मरण रहोस, लिगमा यस सिजन चर्च ब्वाईज युनाइटेड लिग विजेता बनिसकेको छ । र अन्तिम चरणको खेलहरुतर्फ अब १० म्याचहरु मात्र बाँकी छन् । सम्झौता अनुसार कतार एयरवेजले एन्फासँग दुई सिजनका लागि प्रायोजन सम्झौता गरेको छ ।
एयरवेजले सम्झौतावापत यस सिजन ५० हजार अमेरिकी डिलर दिनेछ भने अर्को सिजन १ लाख ५० हजार अमेरिकी डलर दिने बताइएको छ । योसँगै लिगको नाम पनि कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग हुने पक्का भएको छ ।
Post Comments
Related News
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने