काठमाडौं । बायोकोष नेपाल, वाइल्ड एण्ड फ्रि फाउण्डेशन तथा एन्ट फाउण्डेशनको संयुक्त आयोजनामा यही भदौ २५ देखि २७ गतेसम्म मनाङमा नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु र सेलिब्रिटीहरुबीच मैत्रीपूर्ण फुटबल म्याच हुने भएको छ ।
हिमाली भेगमा पाइने याक र हिउँ चितुवाको संरक्षण गर्ने अभियान र योजनासहित जलवायु परिवर्तनले हिमाली भेग र त्यहाँका वन्यजन्तुसँगै मानव जीवनमा पारेको असरबारे युवाहरुबीच सचेतना जगाउन र पर्यापर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मैत्रीपूर्ण फुटबल म्याच आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा कुल चार टोलीहरुले सहभागिता जनाउने छन् । जसमा सेलिब्रिटी टिम हिमालयन स्नो लेपार्ड सहित मनाङको स्थानीय टोलीहरु मनाङ याक, कान्जिसरा याक र पिसाङ याक रहेका छन् । स्थानीय टोलीहरुमा नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरुले खेल्ने बताइएको छ ।
मनाङको स्थानीय टोलीमा अनिल गुरुङ, हरि खड्का, उपेन्द्रमान सिंह जस्ता नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा कप्तानहरुको पनि सहभागिता रहने बताइएको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान