News नयाँ अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिने, पुरुष–महिला खेलाडीलाई कार, प्रशिक्षक र रेफ्रीलाई नगदसहित बाईक वा स्कुटर
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातौं बैठकले अन्य केही महत्वपूर्ण निर्णयहरु समेत गरेको छ । जसमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणसँगै खेलाडी, रेफ्री र प्रशिक्षकहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने घोषणा समेत गरेको छ ।

एन्फाले अत्याधुनिक सुविधा सहितको अन्तर्राष्ट्रिय रंगशालाको खाँचो देखिएकोले नेपाल सरकार, प्रधानमन्त्री र सम्बन्धित निकाय समक्ष त्यसका लागि जग्गा उपलब्ध गराउन अनुरोधसहित पहल गर्ने निर्णय गरेको छ । नयाँ रंगशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान एन्फाले गरेको छ ।

रंगशाला निर्माणका लागि जग्गा प्राप्तीको पहल गर्न एन्फाका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा अर्का उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सम्मिलित तीन सदस्यीय समिति समेत गठन गरिएकोछ ।

त्यस्तै एन्फा कम्प्लेक्समा प्रो टर्फ र लाईट जडान गर्ने निर्णय समेत गरिएको छ । त्यसका लागि ३ लाख ६४ हजार ७ सय १३ अमेरिकी डलर खर्च हुने अनुमान समेत गरिएको छ ।

त्यसैगरी एन्फाले तीन वर्षसम्म फेरि देशव्यापी ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । बैठकले देशभरिका विभिन्न योजना, फुटबल कार्यक्रम र अन्य गतिविधीहरुका लागि बजेट बिनियोजन समेत गरेको छ ।

खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई प्रोत्साहन पुरस्कार

त्यस्तै एन्फाले राष्ट्रिय टोलीका पुरुष, महिला खेलाडीहरु मध्येबाट उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कार दिने घोषणा गरेको छ । साथै फुटबल रेफ्री र प्रशिक्षकलाई जनही २ लाख र मोटरसाइकल वा स्कुटी प्रदान गरिने निर्णय समेत गरिएको छ ।

त्यसबाहेक लाईफ टाईम एचिमभेन्ट अवार्ड प्राप्त गर्नेलाई ५ लाख नगदसहित मोटरसाइकल वा स्कुटर प्रदान गरिने निर्णय पनि भएको छ । उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्री छनौट गर्न पुरुषोत्तम थापाको संयोजत्वमा छनौट समिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा हरि खड्का र सञ्जिव मिश्र रहेका छन् ।

एन्फाको सातौं कार्यसमिति बैठकले गरेको निर्णयहरुको पूर्णपाठः

Post Comments