News
प्रथम सतिसाले च्यालेञ्ज कप पुष पहिलो सातादेखि (खेलतालिकासहित)
केराबारी । सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा आउँदो पुष १ गतेदेखि प्रथम सतिसाले च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
केराबारी–६, मोरङ स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । पुष १ गतेका दिन हुने उद्घाटन खेलमा आयोजक सतिसाले स्र्पोटिङ क्लब, सतिसाले र तालतलैया ब्वाईज फुटबल क्लब, तालतलैया भिड्ने छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० हजार ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने पुष ७ गतेका दिन हुनेछ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । र, प्रतियोगिताका सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय