News
एपिएफसँग मनाङ स्तब्ध, जावलाखेल र थ्रीस्टारको बराबरी

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगितामा बिहीबार एक खेलमा स्पष्ट नतिजा निस्किदा अर्को खेल बराबरीमा टुंगिएको छ ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले मनाङ मस्र्याङ्दी क्लबमाथि १–० को जित निकाल्यो ।
यो नतिजापछि एपिएफ १७ खेलबाट २९ अंकका साथ लिगतालिकाको शिर्ष पाँचभित्र उक्लिएको छ । पराजित मनाङ भने २५ अंकका साथ लिगतालिकाको मध्यतिर छ ।
अर्को खेलमा जावलाखेल युथ क्लब र थ्रीस्टार फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १७ खेलबाट ३० अंकका साथ थ्रीस्टार शिर्ष तीन कै होडमा छ । जावलाखेल भने २३ अंकका साथ पुछारको टोलीहरुभन्दा केही माथि रहेको छ ।
Post Comments
Related News
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- एन्फा यु–१६ युथ लिगको पहिलो चरणको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने