News झरना १२औं फर्साटिकर कपको क्वाटरफाइनलमा
सुरज राना मगर

फर्साटिकर । सहज जितका साथ दावेदार मध्ये एकका रुपमा देखिएको झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ झरनाले शुद्धोधन खेलकुद विकास समिति, शुद्धोधनलाई शून्यका विरुद्ध ३ गोलले हराउँदैअन्तिम आठमा स्थान बनाउन सफल भयो ।

फर्साटिकर खेलमैदानमा भएको खेलमा झरनाका लागि जितेश गुरुङ, कप्तान रोहित सुनार र अशोक घर्तीले गोल गरे । खेलमा म्यान अफ दि म्याच भने झरना कै डिफेन्डर आशिष गुरुङ घोषित भए ।

प्रतियोगिता अन्तर्गत पुष २२ गते सोमबारको प्रिक्वाटरफाइनल खेल देवदह ब्वाईज, रुपन्देही र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने खेल संयोजक अकरम अलीले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए । फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।

Post Comments