News
झापा एफसीका अध्यक्ष अर्पणविक्रमद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
झापा । नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पणविक्रम खड्काको सहयोगमा लीलामाया खड्का आदर्श फाउण्डेशनमार्फत झापामा ४९६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
सहारा नेपाल साकोसको व्यवस्थापनमा बाह्रदशी गाउँपालिका १ स्थित अमर माविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । बिर्तामोड २ को फाउन्डेशनले विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर फाउन्डेशनले ठुलो योगदान गरेको बताए । हुनेले नहुनेहरुलाई सहयोग गर्न जरुरी रहेको उनले धारणा व्यक्त गरेका छन् ।
झापा एफसीका अध्यक्ष खड्काले फाउन्डेशनमार्फत आफू जन्मिहुर्की गरेको ठाउँको विद्यालयमा परोपकारी काम गरेकोमा विद्यालयका प्रअ रामबहादुर बुढाथोकीले आभार प्रकट गरे । फाउन्डेशनसँगै झापा एफसी र फ्रेन्जको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा