News
कठिन जीत निकाल्दै बेलबारी एफसी मच्छिन्द्र कपको सेमिफाइनलमा

केराबारी । मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगितामा बेलबारी एफसी सेमिफाइनल प्रवेश गर्ने तेस्रो टीम बनेको छ ।
सोमबार केराबारी रंगशालामा सम्पन्न तेस्रो क्वाटरफाइनलमा बिर्तामोड युनाइटेड झापालाई पेनाल्टी सुट आउटमा २-१ गोलले पराजित गर्दै बेलबारी सेमिफाइनलमा पुगेको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।
प्रतियोगिता अन्तर्गत पुष २३ गते मंगलबार अन्तिम क्वाटरफाइनल खेल चात्या सा. दमक र चित्लाङ एफसी काठमान्डौ बिच हुनेछ ।
यही पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News