
रामधुनी । सुनसरीको रामधुनी नगरपालिका ७ पन्चायनमा दोस्रो अल्टिट्युड रनिङकप फुटबल प्रतियोगिता २०८१ सुरू भएको छ ।
प्रतियोगिताको समुदघाटन कोशी प्रदेशका मुख्य मन्त्रि हिक्मत कुमार कार्कीले गर्नुभएको हो ।
पन्चायन खेल मैदानमा शुक्रबार सम्पन्न उदघाटन खेलमा आयोजक अल्टिट्युड क्लबले विजयी सुरूवात गरेको छ ।
बलियो प्रतिद्वन्दि पानवारी फुटबल क्लब सुनसरीलाई एकका विरूद्ध दुइ गोलले पराजित गर्दै आयोजक क्वाटर फाइनल प्रवेश गरेको छ ।
पहिलो हाफको २४औँ मिनेटमा पानपारीका बिकु राईको आत्मघाति गोल मार्फत आयोजकले अग्रता बनाएको थियो ।
दोस्रो हाफको पॉचौ मिनेटमा पानबारीका मिलन राईले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । दोस्रो हाफमै पाएको पेनाल्टि गुमाउँदा पानबारीले अग्रता दोब्बर बनाउँने अवसर चुकायो । पानबारीका मिलन राइको प्रहारलाई अल्टिट्युडका गोल रक्षक समिर क्षेत्रीले रोकेका थिए ।
दोस्रो हाफको ३१औँ मिनेटमा अल्टिट्युडको तर्फबाट पुजन चौधरीले थप गोल गर्दै अग्रता दोब्बर बनाएका हुन ।
खेलको म्यान अफ दि म्याच अल्टिट्युड क्लबका पुजन चौधरी घोषित हुँदै दुइ हजार पॉच सय सहित ट्रफि प्राप्त गरे ।
फागुन ९ गते देखि सुरू भएको प्रतियोगिता फागुन १७ गते सकिनेछ । दश टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ सहित पन्ध्र तोला चादि जडित रनिङ ट्रफि र उपविजेताले १ लाख ११ हजार १११ सहित ट्रफि प्राप्त गर्नेछ ।
‘समाजको उचाई,जिम्मेवार युवालाई’ भन्ने मुल नाराका साथ नेपाली फुटबलको विकाश तथा युवाहरूलाई खेल प्रतिको उत्प्रेरणा दिलाउँने उद्येस्यका साथ प्रत्येक वर्ष फरक फरक स्थानमा प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले बताउँनु भयो ।