South Asia
सुबास निर्णायक बन्दा सेमिफाइनल नजिक नेपाल
काठमाडौं । माल्दिभ्समा जारी साफ यु–२० च्याम्पियनसिपमा नेपालले बुधबार लगातार दोस्रो जित हात पार्दै प्रतियोगिताको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकालाई १–० ले पराजित गर्यो । पहिलो हाफको २४औं मिनटमा सुबास बमले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
यो जितसँगै नेपाल सेमिफाइनल नजिक समेत पुगेको छ । स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई २–१ ले हराएको थियो । बुधबार नै दोस्रो खेलमा भुटान र माल्दिभ्स भिड्दै छन् । यो बराबरीमा सकिए नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
नेपालले समूह चरणको अन्तिम खेलमा २७ मार्चका दिन आयोजक माल्दिभ्सको सामना गर्नेछ । त्यस्तै सोही दिन श्रीलंकाले भुटानसँग खेल्ने कार्यक्रम रहेको छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान