International कोलम्बिया नकआउट चरणमा प्रवेश
गोलनेपाल

काठमाडौं (एजेन्सी) । लगातार दोस्रो जितका साथ कोलम्बिया समूह के बाट जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

आफ्नो पहिलो खेलमा उज्वेकिस्तानलाई हराएको कोलम्बियाले बुधबार बिहान दोस्रो खेलमा कंगोलाई १–० ले हरायो । खेलको ७६औं मिनटमा डेनियल मुनोजको गोल कोलम्बियालाई जिताउन निर्णायक गोल बन्यो ।

यो नतिजापछि दुई खेलबाट ६ अंक जोडेको कोलम्बिया समूहको शिर्ष स्थानमा रहेर एक खेल अघि नै नकआउट चरणमा पुगेको छ । कोलम्बियाले २७ जुनका दिन अन्तिम खेलमा पोर्चुगलसँग खेल्नेछ । पोर्चुगलको ४ अंक छ र दोस्रो स्थानमा छ ।

त्यस्तै एक अंक जोडेको कंगो तेस्रो स्थानमा छ भने अंकविहीन उज्वेकिस्तान पुछारमा छ । जुन २७ तारीख कै दिन हुने अर्को खेलमा कंगो र उज्वेकिस्तान पनि भिड्ने छन् ।

अन्तिम खेलमा पोर्चुगललाई बराबरी गरे पनि नकआउट चरणमा पुग्न प्रर्याप्त हुनेछ । कंगोको सम्भावना पनि कायमै छ । उज्वेकिस्तानको सम्भावना भने लगभग समाप्त भईसकेको छ ।

 

Post Comments