News
भूपू इङलिस बोर्डिङलाई अरहान्त मेमोरियल कपको उपाधि

वालिङ । यहाँ सम्पन्न नवौं अरहान्त मेमोरियल कप यु–१२ फुटबल प्रतियोगिताको उपाधि भूपू इङलिस बोर्डिङ स्कुल, चापाकोटले जितेको छ ।
वालिङ खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा भूपूले बाल विद्या बोर्डिङ स्कुल, वालिङलाई २–१ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । भूपूको जितमा गोपाल बिक र स्वीकार डोटेलले गोल गरे भने बाल विद्याका लागि रिवाज रानाले गोल गरेका थिए ।
विजेता बनेको भूपूले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता बाल विद्याले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपमा चित्त बुझाउन बाध्य बन्यो ।
वालिङ युनाइटेड फुटबल क्लब, वालिङ, स्याङजाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा स्याङजाका कुल १२ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments