News
राष्ट्रिय यु–२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा यम गुरुङ्ग
काठमाडौं । आउँदै गरेको साफ यु–२० महिला च्याम्पियनसिपका लागि नेपाली यु–२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनुभवी यम प्रसाद गुरुङ्ग नियुक्त भएका छन् ।
त्यस्तै टोलीको सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ र किरन कुमार कार्की नियुक्त भएका छन् भने गोलकिपिङ प्रशिक्षकमा नि बहादुर बस्नेत नियुक्त भएका छन् ।
टिम म्यानेजरमा इन्दु दुवाल नियुक्त भएकी छिन् । नियुक्त भएका सबैलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।
स्मरण रहोस, आउँदो साफ यु–२० महिला च्याम्पियनसिप आगामी जुलाई ११ देखि २१ तारीखसम्म बंगलादेशमा हुँदैछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)