News बुटवलमा ग्रीनफिल्ड ओपन फुटसल हुने
सुरज राना मगर

बुटवल । खेलकुदमा व्यस्त रहने बुटवल उपमहानगरमा दुई दिने ग्रीनफिल्ड खुला फुटसल प्रतियोगिता हुने भएको छ । ग्रीनफिल्ड फुटसल, बुटवल–११ देवीनगरको आयोजनामा यहि माघ ७ र ८ गतेका दिन हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि लगभग अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक बिष्णु कसौधनले बताए ।

बुटवल–११ देवीनगर नमूनापथ स्थित आयोजक कै ग्रीनफिल्ड फुटसल एरिनामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने अध्यक्ष सुरज पाण्डेले बताए । साथै प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पाण्डेले बताए । प्रतियोगितामा सहभागिता जनाउने इच्छुक टोलीहरुका लागि टिम दर्ता शुल्क २५ सय तोकिएको छ ।

फुटसलको प्रवद्र्धन गर्ने योजना

आयोजक ग्रीनफिल्ड फुटसल प्रा.लि.का अध्यक्ष सुरज पाण्डेले जिल्लामा फुटबलसँगै फुटसल खेलको विकास र प्रवद्र्धनमा पनि आफ्नोतर्फबाट सकेको योगदान दिने बताए । उनी भन्छन्, “फुटबलसँगै फुटसल पनि लोकप्रिय हुँदैछ । इन्डोर खेल भए तापनि यसले युवाहरुलाई स्वस्थ रहन र खेलकुदमा सक्रिय रहन सहयोग पुर्याउनेछ ।”

उता खेल संयोजक बिष्णु कसौधनले प्रतियोगितामामा करिब २५ टोलीहरुसम्मको सहभागिता रहने बताए । प्रतियोगिता स्थानीयस्तर मै खेलाएर पनि राष्ट्रिय फुटसल टोलीका लागि रुपन्देही जिल्लाबाटै फुटसल खेलाडी उत्पादन हुन सक्ने संयोजक कसौधनले औंल्याए ।

Post Comments