News हेटौंडामा भेट्रान्स कप शुरु, आयोजकको शानदार शुरुवात
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । सोमबारबाट हेटौंडामा सुरु भएको भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भएका छन् ।

सोमबार भएको चार खेलमा आयोजक हेटौंडा भेट्रान्स, डिल्लिबजार भेट्रान्स, जोरपाटी भेट्रान्स र फुटसल भेट्रान्स हेटौंडाले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगीता अन्तर्गत सोमबार भएको पहिलो खेलमा आयोजक हेटौंडा भेन्ट्रान्सले कोल्वी भेन्ट्रान्सलाई ६— १ गोलको अन्तरले पराजित गरेको छ । हेटौडा भेन्ट्रान्सको जितमा कृष्ण मालाकार एक्लैले ४ गोल गरे भने बालकुमार गुरुङ्ग र निमा लामाले एक–एक गोल गरे । उता पराजित कोल्बीको तर्फबाट परदेशी चौधरीले एकमात्र सान्तवना गोल फर्काए ।

त्यस्तै दोस्रो खेलमा पशुपत्ति भेट्रान्स हेटौडालाई १–० गोल अन्तरले हराउँदै डिल्लि बजार भेट्रान्स काठमाण्डौ विजयी भएको छ । डिल्लिबजारका लागी उज्वल श्रेष्ठले गरेको एकमात्र गोल खेलको निर्णायक गोल बन्यो ।

सोमबार नै भएको तेस्रो खेलमा जोरपाटि भेट्रान्सले चितवन भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । जोरपाटिको जितमा दिपक लामाले एक मात्र निर्णायक गोल गरे ।

त्यसैगरी सोमबारको चौथो तथा अन्तिम खेलमा फुटसल भेट्रान्स हेटौडाले बीरगञ्ज युथ एकेडेमीलाई १–० गोलले पराजित गर्यो । फुटसल हेटौंडाका लागी सन्तोष श्रेष्ठले निर्णायक गोल गरे ।

प्रतियोगिताको छैटौ संस्करणको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ११ रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसअघि हेटौंडा भेट्रान्स कल्बका उपाध्यक्ष नबराज बज्राचार्यको अध्यक्षतामा भएको औपचारीक कार्यक्रमका विच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रतियोगिताको उदघाटन गरेका थिए ।

Post Comments