काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक वर्ष २०७७–७८ को अनुमानित बजेट सार्वजनिक गरेको छ । सातदोबाटो स्थित एन्फाको मुख्यालयमा सोमबार बसेको १२औं केन्द्रिय कार्यसमितिको बैठकले आगामी बजेटबारे सार्वजनिक गरेको हो ।
एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले आगामी बर्षका लागि ८५ करोड ६६ लाख ४२ हजार २४० रुपैयाँको अनुमानित बजेट एन्फाको वार्षिक साधारण सभामा पेश गरिने बताइएको छ ।
स्मरण रहोस, एन्फाको १९औं वार्षिक साधारण सभा मंगलबार हुँदैछ । जहाँ एन्फाको आगामी वार्षिक कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ । सो अवसरमा अध्यक्ष शेर्पाले यसअघिका साधारण सभादेखि हालसम्मको साधारण सभाको कार्य प्रगति विवरण पनि प्रस्तुत गरेका थिए ।
त्यस्तै एन्फाले सोही अवसरमा ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन पनि फुकुवा गर्ने निर्णय गर्यो । त्यसैगरी बैठकमा खोटाङ, मनाङ र नवलपरासी (पूर्वी सुस्ता)लाई एन्फाको सदस्यता दिनेबारे प्रस्ताव साधारण सभामा पेश गरिने बताइएको छ ।
त्यस्तै एन्फाको वार्षिक साधारण सभामा विधान संशोधनबारे पनि चर्चा हुने एन्फाले जनाएको छ । सो अवसरमा राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले पेश गरेको खेलाडीहरुको आचार संहिता पारित गर्ने निर्णइ भएको थियो ।

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान