News कृषि विकास बैंक दोहोरो उपाधिनजिक
गोलनेपाल

काठमाडौं । कृषि विकास बैंक १४औं कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत फुटसलमा मंगलबार दोहोरो उपाधि नजिक पुगेको छ । कृषिको पुरुष र महिला दुवै टोली फाइनलमा पुगेका हुन् ।

टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको पुरुषको सेमिफाइनलमा कृषिले नेपाल वायु सेवा निगमलाई १–० गोलले पराजित गर्यो । फाइनलमा कृषिको भेट नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ सँग हुनेछ । अर्को सेमिफाइनलमा नागरिक उड्डयनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–१ गोलले हराएको थियो ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलामा कृषि विकास बैंक ५ टिम सहभागी राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो । ३ जित र १ बराबरी खेलेको कृषिले १० अंक जोड्यो ।

कृषिले उपाधिका लागि नेपाल बैंक लिमिटेड विरुद्ध प्रतिस्पर्धा गर्ने छ । ८ अंक जोडेको नेपाल बैंक उपविजेता बन्दै फाइनलमा पुगेको हो । नेपाल बैंकले समान २ जित र २ बराबरी आत्मासात् ग¥यो । फाइनल बुधबार हुनेछ ।

पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हातपार्ने छन् । महिलाको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् ।

Post Comments