काठमाडौं (एजेन्सी) । जारी फिफा क्लब विश्वकपतर्फ इटालियन महारथी युभेन्टस र साविक विजेता म्यानचेष्टर सिटी नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह जी तर्फ लगातार दोस्रो जित हात पार्ने क्रममा युभेन्टसले वाइदाद एसीलाई ४–१ ले पराजित गर्यो भने सोही समूहको अर्को खेलमा म्यानचेष्टर सिटीले अल ऐनमाथि ६–० को एकतर्फी जित निकाल्यो ।
यो नतिजापछि २ खेलबाट समान ६–६ अंक जोडेका युभेन्टस र सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । साथै एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेका छन् । अंकविहीन वाइदाद र अल ऐन क्रमशः तेस्रो र चौथो स्थानमा छन् । साथै समूह चरणबाटै बाहिरिएका छन् ।
अब समूह चरणको अन्तिम खेलमा २६ जुनका लागि सिटी र युभेन्टस भिड्ने छन् । यी दुई टोलीबीचको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । त्यस्तै सोही दिन हुने अर्को खेलमा वाइदाद र अल ऐन प्रतिष्ठाका लागि भिड्ने छन् ।
रियलको पहिलो जित
क्लब विश्वकपतर्फ समूह एचमा रहेको पूर्व विजेता रियल मेड्रिडले भने पहिलो जित हात पारेको छर नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायम राखेको छ ।
आफ्नो पहिलो खेलमा अल हिलालसँग बराबरी खेलेको रियलले दोस्रो खेलमा पाचुकालाई ३–१ ले हरायो । त्यस्तै सोही समूहको अर्को खेलमा अल हिलाल र रेडबुल साल्जबर्गले गोलरहित बराबरी खेले ।
समूह एचमा २ खेलबाट ४–४ अंक जोडेका रियल मेड्रिड र रेडबुल साल्जबर्ग क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । २ अंक जोडेको अल हिलाल तेस्रो स्थानमा छ । र यी तीनै टोलीहरुको नकआउट चरण प्रवेशको सम्भावना कायम छ । उता अंकविहीन पाचुका पुछारमा र समूह चरणबाटै बाहिरिएको छ ।
अब जुन २६ तारीखका दिन अल हिलालले पाचुकासँग खेल्नेछ भने सोही दिन रियल र साल्जबर्ग आमने सामने हुनेछन् । साथै अन्तिम दुई खेलबाटै समूह एचबाट नकआउट चरण प्रवेश गर्ने दुई टोलीको टुंगो लाग्नेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा