कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ अन्तर्गत पहिलो सेमिफाइनलमा आयोजक यलम्बर युवा संस्थालाई ३-१ गोलले पराजित गर्दै तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
“यलम्बरको सान, कुम्मायकको पहिचान” भन्ने मूल नारासहित पृथ्वी माविको खेलमैदानमा हजारौ दर्शकमाझ बुधबार सम्पन्न सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो।
म्याङलुङको जितका लागि सन्तोष लिम्बुले २ गोल गरे भने बसन्त ओझाका नाममा एक गोल रह्यो । आयोजकका तर्फबाट लोकेन्द्र थापाले एक गोल फर्काए ।
उत्कृष्ट प्रदर्शनका लागि म्याङलुङका ज्ञानेन्द्र भण्डारी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद रु. ७,००० सहित सम्मान प्राप्त गरे।
प्रतियोगिताको छैटौ दिन, बैशाख २४ गते (बिहीबार) दोस्रो सेमिफाइनल खेलमा रेडहर्ष एफसी इलाम र पथरी एघार मोरङ बिच प्रतिस्पर्धा हुनेछ।
बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश
- उत्कृष्ट कमब्याक गर्दै म्याङलुङ स्पोर्टिङ त्रिशाली गोल्डकपको सेमिफाइनलमा