
काठमाडौं । कोभिड–१९ महामारीका कारण आक्रान्त बनेको नेपाली फुटबल बुधबार फेरि दशरथ रंगशालामा फर्कियो । राष्ट्रिय महिला लिगतर्फ अन्तिम चरणका खेलहरु बुधबारदेखि शुरु भएका छन् ।
दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलमा पाएका केही अवसरहरुलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । खेलको प्लेयर अफ द म्याच पुलिसकी पुजा राना घोषित भईन् ।
खेलपश्चात पुलिसका प्रशिक्षक संजिव जोशीले विभागीय भिडन्तमा आर्मीसँग अंक खोस्न पाउँदा खुशी व्यक्त गरे । उता आर्मीका प्रशिक्षक राजु तामाङले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको बताए ।
लिग अन्तरगत बिहीबारको पहिलो खेलमा नेपाल एपिएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटसँग खेल्नेछ भने दोस्रो खेलमा वालिङ नगरपालिका र बिराटनगर नगरपालिका भिड्ने छन् । दुवै खेलहरु एन्फा कम्लेक्समा हुनेछ ।
बिराटनगरका मेयरले गरेका थिए उद्घाटन
यसअघि बुधबार दशरथ रंगशालामा लिगको उद्घाटन एक कार्यक्रमका बीच बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरेका थिए । सो अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्वय उपेन्द्रमान सिंह, बिर बहादुर खड्का तथा महासचिव इन्द्रमान तुलाधर लगायतका एन्फा पदाधिकारी तथा अतिथीहरुको उपस्थिति रहेको थियो ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)