दुहबी । फराकिलो जित निकाल्दै मधेसा युवा क्लब, सुनसरी यहाँ जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो तथा अन्तिम टोली बनेको छ ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मधेसााले हरैचा स्र्पोटस क्लब, मोरङलाई ६–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो । मधेसाको जितमा अजित चौधरी र कोमल खवासले समान दुई–दुई गोल गरे । त्यस्तै शिशिर लेखी र युबेन राईले थप एक–एक गोल गरे । उता हरैचा स्पोर्टसका लागि दुवै गोल आकाश गिरीले गरेका थिए ।
खेलमा मधेसाा युवा क्लबका कोमल खवास म्यान अफ दि म्याच घोषित भए । उनलाई दुहबी नगरपालिकाका समाजसेवी महेश कुमार चौधरीले नगद १००० र ट्रफी सहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तर्गत असार २९ गतेको पहिलो सेमिफाइनल खेल आयोजक संयुक्त युवा क्लब, सुनसरी र नेताचोक टाईगर क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ३२ गतेका दिन हुनेछ ।