News नेप्लिज फुटबल एसोसिएशन मलेसियाको नयाँ कार्य समिति चयन
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलको उज्यालो भविष्यका लागि मलेसियामा आयोजित बृहत छलफल कार्यक्रममार्फत नेप्लिज फुटबल एसोसिएशन मलेसियाको नयाँ कार्य समिति चयन गरिएको छ ।

हेम प्रसाद भट्ट (सन्तोष) को अध्यक्षतामा एसोसिएशनको नयाँ कार्य समिति गठन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा भक्त ओड छन् भने उपाध्यक्षमा बसन्त राज चयन भएका छन् । त्यस्तै सचिवमा शिव सुवेदी चयन भएका छन् भने कोषाध्यक्षमा सन्तोष अधिकारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा तुला नेवाङ, खगेन्द्र तामाङ, नवराज श्रेष्ठ, दीपक कार्की र विष्णु चौधरी चयन भएका छन् । प्रवासमा रहेर पनि नेपाली फुटबलको विकास, एकता र सम्मानका लागि नयाँ कार्यसमितिले नेतृत्वदायी भूमिका निर्वाह गर्दै नयाँ उचाइ हासिल गर्न सक्दो प्रयास र काम गर्ने नयाँ कार्य समितिका अध्यक्ष हेम प्रसाद भट्ट (सन्तोष) ले बताए ।

Post Comments