News
तेह्रथुममा साउन २७ देखि नेत्र गुरागाइ स्मृति आमन्त्रित कप हुने
तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङमा साउन २७ गते देखि भदौ ३ गते सम्म नेत्र गुरागाई स्मृति आमन्त्रित पुरूष फुटबल प्रतियोगिता हुने भएको छ ।
सोमबार म्याङलुङ स्पोर्टिङ क्लबले तेह्रथुमको म्याङलुङमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।
प्रत्येक वर्ष कृष्ण जन्म अष्टमी तथा लाखे जात्राको अवसरमा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ सहित ट्रफि मेडल र प्रमाण पत्र र उपविजेताले १ लाख ११ हजार १११ सहित ट्रफ मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभिन्न शिर्षकमा गरी १३ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरूलाई उचित पुरस्कार प्रदान गरिने अध्यक्ष मोतेले बताउँनु भयो ।
Post Comments
Related News