News
बंगलादेशको लगातार तेस्रो जित
काठमाडौं । जारी साफ यु–२० महिला च्याम्पियनसिपतर्फ दावेदार मध्ये एकका रुपमा हेरिएको आयोजक बंगलादेशले लगातार तेस्रो जित हात पार्दै आफ्नो शतप्रतिशत जितको लयलाई कायम राखेको छ ।
समूह चरणतर्फको आफ्नो तेस्रो खेलमा मंगलबार बंगलादेशले भुटानलाई ४–१ ले हरायो । मंगलबारको खेल भने बर्षाले बिथोलिए दुई फरक स्थानमा खेलाइएको थियो ।
पहिलो हाफ बसुन्धरा किंग्स एरिनामा खेलाइए तापनि बर्षाका लागि मैदानको अवस्था खराब भएपछि दोस्रो हाफ केही अबेर नजिकैको अभ्यास मैदानमा खेलाइएको थियो ।
यो नतिजापछि बंगलादेश ३ खेलबाट ९ अंकका साथ शिर्ष स्थानमा यथावत छ । पराजित भुटान भने ३ अंकका साथ तेस्रो स्थानमा छ । उता एक खेल कम खेलेको नेपाल ३ अंकका साथ दोस्रो स्थानमा छ र केहीबेर मै श्रीलंकासँग खेल्दैछ । श्रीलंका भने अंकविहीन रुपमा पुछारमा छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल