News डाना कपमा सहभागी हुन काष्ठमण्डप र लुम्बिनीकाे टाेली आइतबार डेनमार्क जाने
गोलनेपाल

काठमाडौं । युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीकाे टोली आइतबार डेनमार्क प्रस्थान गर्ने भएको छ ।

काष्ठमण्डले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्नेछन् । टोली २० खेलाडी र तीन अफिसियल गरि २३ सदस्यीय छ । काष्ठमण्डपकाे प्रशिक्षकमा सन्तोष न्यौपाने छन् । यसैगरी लुम्बिनीकाे प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हाल्नेछन् ।

युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा यसमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ ।

विश्व युथ फुटबल कै प्रतिष्ठित मध्ये एक डाना कप सन् १९८२ देखि सुरु भएको हो । र हालसम्म वार्षिक रुपमै निरन्तर जारी छ । जहाँ विभिन्न देशका हजारौं युवा खेलाडीहरुलाई सहभागि हुने गर्दछन् ।

Post Comments