News बंगलादेशको लगातार पाँचौं जित, नेपालसँगको अन्तिम खेल नै निर्णायक हुने
गोलनेपाल

काठमाडौं । साफ यु–२० महिला च्याम्पियनसिपतर्फ आयोजक समेत रहेको बंगलादेशले आफ्नो शतप्रतिशत जितको लयलाई कायम राख्ने क्रममा शनिबार लगातार पाँचौं जित हात पारेको छ ।

शनिबार ढाका स्थित बसुन्धरा स्पोर्टस ग्राउण्डमा भएको दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई ५–० को अन्तरले हरायो । यो जितसँगै ५ खेलबाट १५ अंक जोडेको बंगलादेश फेरि समूहको शिर्ष स्थानमा उक्लियो ।

उता शनिबार नै भुटानमाथि ८–० को जित निकालेको नेपाल १२ अंकका साथ दोस्रो स्थानमा झरेको छ । अब लिग चरणको अन्तिम खेलमा २१ जुलाईका दिन नेपाल र बंगलादेश भिड्ने छन् । जुन खेलमा गोल भिन्नताले अगाडी रहेको नेपाललाई निश्चित जितको खाँचो पर्नेछ । बंगलादेशलाई भने उपाधि जित्न बराबरी गरे पनि प्रर्याप्त हुनेछ ।

उता पाँच खेलबाट ३ अंक जोडेको भुटान तेस्रो स्थानमा छ भने एउटै खेल जित्न नसकी पुछारमा रहेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । २१ जुलाईका दिन भुटान र श्रीलंका पनि आमने सामने हुनेछन् । जुन खेल दुवैका लागि प्रतिष्ठाको भिडन्त समेत हुनेछ ।

Post Comments