News एन्फा युथ लिग: साविक विजेता चर्च ब्वाईजको जित
गोलनेपाल

काठमाडौं । एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता चर्च ब्वाईज युनाइटेडले महत्त्वपूर्ण जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चर्च ब्वाईजले श्री भगवती क्लबलाई ४-२ को अन्तरले हरायो । चर्च ब्वाईजको जितमा अप्शन गुरुङले ह्याट्रीक गर्दा सुशन थापा मगरको नाममा एक गोल रह्यो । उता भगवतीका लागि भने अनिल परियार र सुयोग श्रेष्ठले गोल फर्काएका थिए ।

यो जितपछी ७ खेलबाट १० अंक जोडेको चर्च ब्वाईज लिगतालिकाको छैटौं स्थानमा उक्लेको छ । उता हार बेहोरेको भगवती भग्वत ६ अंकका साथ ११औं स्थानमा छ ।

Post Comments