News
काष्ठमण्डप विद्यालय डाना कपको दोस्रो चरणमा
काठमाडौं । डेनमार्कमा जारी विश्वस्तर कै उत्कृष्ट मध्ये एक डाना कप युथ फुटबल प्रतियोगितामा सहभागिता जनाईरहेको नेपालको काष्ठमण्डप विद्यालय दोस्रो चरणमा प्रवेश गरेको छ ।
काष्ठमण्डपले समूह चरणमा आफुले खेलेको तीन मध्ये दुईमा जित र एकमा बराबरी गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । काष्ठमण्डपले घाना र नर्वेको टिमलाई हराएको थियो भने प्यालेस्टाइनको टिमसँग पराजित भएको थियो ।
काष्ठमण्डपले घानाको टिमलाई ४-३ तथा नर्वेको टिमलाई ४-१ ले हराएको थियो भने प्यालेस्टाइनको टिमसँग १४-० को अन्तरले पराजित भएको थियो ।
Post Comments