News झापा एफसीका सह–मालिक योञ्जनलाई नयाँ जिम्मेवारी
गोलनेपाल

काठमाडौं । परदेशमा रहेर पनि नेपाली फुटबलप्रति निरन्तर समर्पित युवा फुटबल अभियन्ता तथा झापा फुटबल क्लबका सह–मालिक योञ्जन तामाङले आफ्नो करियरमा नयाँ जिम्मेवारी पाएका छन् ।

लामो समयदेखि मलेसियामा रहँदै खेलकुदसँगै प्रवासी नेपालीहरुको हकहितमा समेत आवाज उठाउने र सामाजिक कार्यमा सक्रिय रहँदै आएका योञ्जन एनआरएनए मलेसियाको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय जिम्मेवारी पाएपछि योञ्जन तामाङले खुशी व्यक्त गर्दै मलेसियाभरि छरिएर रहेका प्रवासी नेपालीहरुको हकहितमा निरन्तर काम गर्दै जाने बताए । साथै, यो जिम्मेवारीले आफूलाई अझै केही गर्न हौसला मिलेको समेत बताए ।

स्मरण रहोस, मलेसियामा प्रवासी नेपालीहरु माझ कुशल खेल अभियन्ताको छवि समेत बनाएका योञ्जनले मलेसियामा रहेका नेपालीहरुबीच फुटबलसहित विभिन्न खेलकुद र सामाजिक कार्यक्रमहरु आयोजना गर्ने र सहभागिता जनाउने समेत गर्दै आएका छन् ।

 

Post Comments